ADVERTISEMENT

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका लगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन बिहान १०:२६ बजे शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन्।

 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ।

 

विगतमा राष्ट्रपतिले सर्वसाधारणलाई समेत टीका लगाइदिने गरे पनि मुलुकको विषम परिस्थितिका कारण गत वर्षदेखि उक्त कार्यक्रम स्थगित गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार