काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार र छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न छुट तथा बोनससहितको ‘दसैँ–तिहार अफर २०८३’ ल्याएको छ।
अफरअन्तर्गत नयाँ एफटिटीएच इन्टरनेट जडानमा ५०० रुपैयाँ छुट र वार्षिक इन्टरनेट प्याकेज खरिदमा एक महिना थप सेवा उपलब्ध हुनेछ। त्यस्तै, मोबाइल ग्राहकका लागि ४९९ र ६९९ रुपैयाँका डाटा प्याकेज, २०० रुपैयाँमा एक हजार मिनेटको भ्वाइस प्याकेज तथा ९९ रुपैयाँमा एक हजार एसएमएसको प्याकेज ल्याइएको छ।
कम्पनीका अनुसार नयाँ एफटिटीएच जडान तथा मोबाइल प्याकेजमा दिइने अफर कात्तिक ३० गतेसम्म लागू हुनेछ। ग्राहकले नेपाल टेलिकमको मोबाइल एप वा ८१४१५८११३ डायल गरेर आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन्।
सम्बन्धित खबर







प्रतिक्रिया