सिरहा । सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्टसर्किटका कारण आगलागी हुँदा चार पशुचौपायाको मृत्यु भएको छ भने घरगोठ, अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्री जलेर नष्ट भएका छन्।
गोलबजार नगरपालिका–३ नेवारकुनी, चोरपानेमा शुक्रबार राति करिब १२ बजे गंगा बहादुर सुनुवारको घरगोठमा आगलागी हुँदा एउटा गोरुको मृत्यु भएको छ। आगलागीमा करिब पाँच क्विन्टल अन्नबालीसहित घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
त्यस्तै, विष्णुपुर गाउँपालिका–४ थल्हा बथान टोलमा बिहीबार राति करिब १ः३० बजे आगलागी हुँदा स्थानीय वीरेन्द्र यादवको गोठमा रहेका एउटा भैँसी र दुईवटा गोरुको मृत्यु भएको छ। आगलागीबाट गोठ तथा भान्सा घरमा रहेका अन्नपात, भाँडाकुँडा र अन्य सामग्री जलेर नष्ट भएका छन्। उक्त घटनामा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
दुवै घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया