ADVERTISEMENT

बाढी–पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध (सूचीसहित)


काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार रसुवामा असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड अवरुद्ध छन्।

मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर–खाङसार सडकखण्ड एकतर्फी सञ्चालनमा छ। यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा–२ बैसरी र अन्नपूर्ण–३ सुकेबगरमा पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार–६ घुमाउरीघाटमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। बौदीकाली–३ जन्ती पहिरोमा पनि सडक एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार