ADVERTISEMENT

प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयकको मस्यौदा यस्तो छ। (पूर्ण पाठ सहित)


 

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन्। यसअघि असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको थियो।

विधेयकको मस्यौदामाथि लोकसेवा आयोगको राय लिएपछि मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो। मन्त्रिपरिषद्को स्वीकृतिपछि विधेयक संसद्मा पुगेको हो।

प्रस्तावित विधेयकमा कर्मचारीलाई एकपटकका लागि ५५ वर्ष वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाश हुने व्यवस्था गरिएको छ।प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएमा विधेयक संघीय निजामती सेवा ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

हेर्नुहोस् संघीय निजामती सेवा विधेयकको पूर्णपाठ–

https://drive.google.com/file/d/1pOAb06qphUTT1x1f-00is7TgjDXW7a5_/view?usp=sharing

 

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार