ADVERTISEMENT

मन्त्रिपरिषद् बैठक आज, दुई सहसचिव सचिवमा बढुवा हुने


काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै छ । बैठकमा बाढीपीडितको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस तथा संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने तयारी छ ।

सरकारले प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्य तथा प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ सचिव बढुवाका लागि सिफारिस भएका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार