काठमाडौं । सचिव बढुवा सिफारिस समितिले प्राविधिक तर्फ रिक्त रहेको एक सचिव पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
आज(सोमबार) बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्राविधिक तर्फका वरिष्ट सहसचिवहरु डा जगदिश्वर कर्माचार्य, नवीनराज सिह र मिना श्रेष्ठलाई सचिवका लागि सरकार समक्ष सिफारिस गरेको बढुवा समितिको सचिवालयको रुपमा रहेको भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका मध्ये पहिलो नम्बरमा रहेका कर्माचार्यलाई सचिवमा सिफारिस गर्ने सम्भावना रहेको छ ।
सरकारले पछिल्लो समय सचिव बढुवा सिफारिस र सचिब बढुवा गर्ने क्रमलाई द्रुत गतिमा अघि बढाउँदै आइरहेको छ । यस अघि प्रशासन तर्फ रिक्त रहेको सचिवका लागि आभा श्रेष्ठ, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सिफारिस गरिसकेको छ । आगामी मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फ १ र प्राविधिक तर्फ १ गरी २ जनालाई सचिवमा बढुवा गर्नेछ ।

प्रतिक्रिया