काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ।
प्रहरीले गएराति महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरी टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेको जनाएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार ‘सुरक्षा थ्रेट’पछि उनलाई कार्यालयमा ल्याइएको हो।
जबरालाई कुन कसुर र कुन कानुनी पुर्जीका आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले हालसम्म स्पष्ट जानकारी दिएको छैन। पूर्वप्रधानन्यायाधीशजस्तो उच्चपदस्थ व्यक्तिलाई पक्राउ गर्ने प्रहरीको शैलीबारे पनि प्रश्न उठेका छन्।
सम्बन्धित खबर


प्रतिक्रिया