कञ्चनपुर । गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाउँदै भन्सार विभागमा हाजिर हुन निर्देशन दिइएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीसँग भएको विवादबारे थप तथ्य बुझ्न विभागले भट्टलाई त्रिपुरेश्वरस्थित कार्यालयमा बोलाएको हो।
भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरीले रोकेको विषयमा भट्ट र एसपी केसीबीच विवाद भएको थियो। विवादका क्रममा भट्टले गाडी नछोडे गृहमन्त्रीदेखि आईजीपीसम्मलाई फोन गर्ने भन्दै दबाब दिएको भनिएको अडियोसमेत सार्वजनिक भएको थियो।
घटनाबारे थप अध्ययन भइरहेको भन्दै भन्सार विभागले हालसम्म कसैलाई दोषी वा निर्दोष ठहर नगरेको जनाएको छ। विभागले तथ्य बुझिसकेपछि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया