ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।
विश्व मुटु दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म विकास सम्भव नहुने भन्दै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको बताए। बागमतीका १३ वटै प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार तथा एकीकृत स्वास्थ्य र पोषणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।
पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले रोग लागेपछि उपचार गर्नुभन्दा रोगको रोकथाम र जनचेतनामा बढी ध्यान दिनुपर्नेमा जोड दिए।
सम्बन्धित खबर

प्रतिक्रिया