काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको निर्यात ६१ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार साउन र भदौमा नेपालबाट करिब ७६ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जबकि गत वर्षको सोही अवधिमा निर्यात ४७ अर्ब रुपैयाँ थियो।
परिमाणका आधारमा प्रशोधित भटमासको तेल सबैभन्दा बढी निर्यात भएको छ। त्यसपछि सिन्थेटिक कपडा, जुटका कपडा तथा बोरा, कोनिफरस काठ तथा प्लाईवुड, प्लाईवुड तथा भेनियर पाता, तोरीको पिना, फलफूलको जुस, स्यानिटरी प्याड, प्रशोधित सूर्यमुखी तेल र ताजा बन्दागोभी प्रमुख निर्यातित वस्तु रहेका छन्।
समग्रमा नेपालको निर्यातमा प्रशोधित तेल, कपडा, जुट तथा काठजन्य उत्पादनको हिस्सा उल्लेख्य देखिएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया