कोशी ब्यारेजमा ३१ ढोका खोलियो, ‘रेड अलर्ट’ जारी


काठमाडौं । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ। ब्यारेजमा अहिले ‘रेड अलर्ट’ जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार ब्यारेजमा हाल २ लाख ४० हजार क्युसेक बाढी मापन गरिएको छ। अघिल्ला वर्षमा कोशीमा ५ लाख क्युसेकभन्दा बढी बाढी मापन भए पनि अहिले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।

बाढी बढ्दो क्रममा रहेकाले प्रशासनले उच्च सतर्कता अपनाएको छ। हाल कोशी पुल भएर चल्ने सवारीसाधन भने रोकिएको छैन। बाढीको बहाव थप बढेमा आवश्यकताअनुसार सवारी आवागमनबारे निर्णय गरिने अर्यालले बताए।

मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार