काठमाडौं । प्रतिकूल मौसमका कारण देशका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित भएका छन्।
भिजिबिलिटी कम भएपछि तुम्लिङटार र भरतपुरका केही उडान रद्द भएका छन्। तुम्लिङटारमा बुद्ध एयरको एक निर्धारित उडान रद्द भएको छ भने भरतपुरका लागि बुद्ध एयरका तीन उडान रद्द भएका छन्।
पोखरा विमानस्थलमा पनि मौसम अनुकूल नहुँदा उडानहरू ढिलाइ भएका छन्। अन्य गन्तव्यतर्फका आन्तरिक उडान भने सञ्चालनमा छन्। अन्तर्राष्ट्रिय उडानहरू सामान्य रूपमा भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया