वर्षाले काठमाडौंका मुख्य नाका ठप्प, त्रिभुवन राजपथ एकतर्फी खुला


काठमाडौं । लगातारको वर्षासँगै पहिरो खसेपछि काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध भएका छन्।

अत्यावश्यक खाद्यान्न तथा इन्धन काठमाडौं भित्र्याउन त्रिभुवन राजपथ भने मकवानपुरबाट काठमाडौं आउनेतर्फ एकतर्फी सञ्चालनमा राखिएको छ।

साना सवारीसाधनले हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी–फर्पिङ, टोखा–छहरे र साँखु हुँदै काठमाडौं आउजाउ गर्न सक्ने प्रहरीले जनाएको छ। भारी सवारीसाधनका लागि भने यी वैकल्पिक सडक उपयुक्त छैनन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार