पहिरोले बीपी राजमार्ग अवरुद्ध, रोशी खोलामा सतर्कता तह पार


काभ्रेपलाञ्चोक । अविरल वर्षापछि आएको पहिरो र लेदोका कारण काभ्रेपलाञ्चोक खण्डको बीपी राजमार्ग विभिन्न स्थानमा पूर्णरूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

यसैबीच, पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार