पोखरा विमानस्थलमा फ्लाईदुबईको नियमित उडान सुरु


पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। १६६ सिट क्षमताको बोइङ ७३७ म्याक्समार्फत सुरु भएको पहिलो उडानमा पोखरा आउँदा ९९ र फर्कँदा १६३ यात्रु रहेका छन्।

आगामी दिनका उडानमा ८० देखि ९० प्रतिशतसम्म बुकिङ भइसकेको बताइएको छ। फ्लाईदुबईको उडानले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न महत्वपूर्ण अवसर सिर्जना गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

व्यवसायीहरूले भने उडानसँगै दुबईलगायत विदेशी बजारमा पोखराको व्यापक प्रचारप्रसार, पर्यटन मेला र बीटुबी कार्यक्रममार्फत बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन्। नियमित अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाए गण्डकी प्रदेशको पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार