सुन ३ लाख २ हजार नाघ्यो, चाँदी पनि बढ्यो


काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला केही दिनयता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिँदै आएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार