रकारले पछिल्लो सात दिनमा विभिन्न १० वटा विधेयक संघीय संसद्मा दर्ता


काठमाडौं । सरकारले पछिल्लो सात दिनमा विभिन्न १० वटा विधेयक संघीय संसद्मा दर्ता गरेको छ।

मंगलबार मात्रै तीन वटा विधेयक दर्ता भएका छन्। तीमध्ये रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक छन्।

यसअघि असोज ५ गते पाँच, असोज २ गते एक र असोज १ गते एक विधेयक दर्ता भएका थिए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिइरहेको बताएकी छन्। उनका अनुसार चालु वर्ष १६६ वटा कानुन निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म ४० भन्दा बढी विधेयक दर्ता भइसकेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार