काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
बैठकमा रसुवामा आएको बाढीपहिरोपछि उत्पन्न अवस्था, सरकारको राहत तथा उद्धार कार्य र पार्टीले खेलेको भूमिकाबारे छलफल हुनेछ। साथै पीडितको राहत, उद्धार तथा पुनर्स्थापनामा सरकारको कामको समीक्षा गर्दै आगामी दिनमा पार्टीले खेल्ने भूमिका र सरकारलाई दिने सुझावबारे पनि छलफल हुने ज्वालाले बताए।
बैठकपछि पार्टीले सरकारलाई आवश्यक सुझाव दिने तयारी गरेको छ। यससँगै आन्तरिक संगठनात्मक विषय र पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमबारे समेत बैठकमा छलफल हुने जनाइएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया