काठमाडौं । ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएन, पोलिटिको र एमएस नाउले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।
ती सञ्चारमाध्यमले आफूहरूमाथिको प्रतिबन्ध प्रेस स्वतन्त्रताविरोधी र असंवैधानिक भएको दाबी गरेका छन्। उनीहरूले सरकारलाई मन नपरेको समाचार प्रकाशित गरेको आधारमा सञ्चारमाध्यमको पहुँच रोक्न नहुने बताएका छन्।
यसको विरोधमा एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले ह्वाइट हाउसको टेलिभिजन प्रेस पूलबाट समेत पछि हट्ने घोषणा गरेका छन्।
ट्रम्पले भने ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे गलत तथा काल्पनिक समाचार प्रकाशित गरेको आरोप लगाउँदै प्रतिबन्धको बचाउ गरेका छन्। ह्वाइट हाउस र अमेरिकी सञ्चारमाध्यमबीच प्रेस पहुँचलाई लिएर पछिल्लो समय विवाद बढ्दै गएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया