काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
२५ वर्षीय लामाको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। घाइते लामालाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक लामाले आफैँ बसमा आगो लगाएको देखिएको छ। घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान गर्न समिति गठन भइसकेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया