ADVERTISEMENT

भोटेकोशी बाढीपीडितलाई बाँकेका निजी विद्यालय र अस्पतालको सवा करोड सहयोग

काठमाडौं ।भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय तथा अस्पतालले रु. १ करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन्।

प्याब्सन बाँकेमा आबद्ध ७७ निजी विद्यालयले रु. ६५ लाख तथा विभिन्न निजी अस्पतालले रु. ६० लाख ७८ हजार ५१३ सहयोग गरेका हुन्। विद्यालयबाट संकलितमध्ये रु. ५३ लाख ४१ हजार ४०६ र अस्पतालको रु. ६० लाख ७८ हजार ५१३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी प्रदान गरिएको प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिनुभयो।

अस्पतालतर्फ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्सले रु. २५–२५ लाख, फत्तेबाल आँखा अस्पतालले रु. ५ लाख ११ हजार तथा अन्य अस्पतालले समेत विभिन्न रकम सहयोग गरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार