काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
शुक्रबार बिहान उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् भने कविर महर्जन आयोजनाका सुपरभाइजर रहेको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए।
भोटेकोशीमा १० भदौमा आएको बाढीपछि उनीहरू सुरुङभित्र फसेका थिए।
सम्बन्धित खबर

प्रतिक्रिया