रसुवा बाढीमा बेपत्ता दुई जनाको १० दिनपछि जीवितै उद्धार


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

शुक्रबार बिहान उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् भने कविर महर्जन आयोजनाका सुपरभाइजर रहेको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए।

भोटेकोशीमा १० भदौमा आएको बाढीपछि उनीहरू सुरुङभित्र फसेका थिए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार