बेत्रावती बाढीमा बेपत्ता २६ मध्ये एकको शव भेटियो, २५ जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिँदै


काठमाडौं ।  गोसाइँकुण्ड जाने क्रममा रसुवाको बेत्रावतीबाट बेपत्ता भएका धादिङ नीलकण्ठका २६ जनामध्ये एक जनाको मात्र शव फेला परेको छ।

नीलकण्ठ–९ की गायत्री लम्सालको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पहिचान भएको हो। उनका श्रीमान् शिवहरि लम्सालसहित २५ जना अझै बेपत्ता छन्।

लामो समयसम्म काठमाडौं, चितवन र पोखरालगायतका स्थानमा खोजी गर्दा पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्। गायत्रीका श्रीमान् शिवहरिको पनि कुशको शव बनाएर गायत्रीसँगै अन्त्येष्टि गरिएको आफन्तले बताएका छन्।

बेपत्ता अन्य व्यक्तिका परिवारले पनि जीवित भेटिने सम्भावना न्यून रहेको भन्दै सामूहिक अन्त्येष्टिको तयारी गरेका छन्। बाढी आउनुअघि उनीहरूले फोनमार्फत आफूहरू एउटा घरमा बसेको र बस बगाइसकेको जानकारी गराएका थिए। त्यसपछि उनीहरूसँग सम्पर्कविच्छेद भएको थियो।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार