भोटेकोशी बाढीमा राजनीति होइन, उद्धार र राहतमा जुटौँ : ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै ओलीले राष्ट्रिय शोकको समयमा राजनीति नगरी सबैले उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्नुपर्ने बताए।

उनले विपद्को समयमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न सङ्घसंस्था तथा परोपकारी व्यक्तिहरू मिलेर काम गर्नुपर्नेमा जोड दिए। तर सरकारले राज्यको सामर्थ्य आफ्नो नियन्त्रणमा राखेर प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय नगरेको आरोप लगाए।

ओलीले श्रेयको होडबाजी नगर्ने प्रतिबद्धता हुँदाहुँदै पनि कतिपय निजी सङ्घसंस्थालाई खोज तथा उद्धारमा सहभागी हुन नदिएको दाबी गरे। बागमती प्रदेश सरकारले आफ्नै पहलमा उद्धार, राहत तथा पुनर्निर्माणका काम गरेकोमा उनले धन्यवादसमेत दिए।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार