त्रिशूली थ्री–‘ए’को सुरुङ भेटियो, उद्धारको तयारी


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञसहितको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको हो। अब उक्त सुरुङबाट उद्धार विज्ञलाई भित्र पठाएर फसेका कर्मचारीको अवस्था बुझ्ने र उद्धार गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सुरुङभित्र करिब ४०–४२ जना प्राविधिक जनशक्ति फसेको अनुमान गरिएको छ। यसअघि उद्धार टोलीले सुरुङभित्र हावा पठाउन पाँचवटा ड्रिल गरी प्वाल बनाएको थियो।

तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको टोलीले सुरुङ भेट्टाएसँगै कर्मचारीहरूलाई सकुशल उद्धार गर्ने आशा बढेको अधिकारीहरूले बताएका छन्।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार