केरुङ बाढीमा १०४ नेपाली बेपत्ता


काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार बाढीमा कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा नेपाली नागरिकको संख्या सबैभन्दा धेरै छ।

बेपत्ता हुनेमा भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५, अस्ट्रेलिया र क्यानडाका ६–६ तथा दक्षिण अफ्रिकाका ४ जना छन्। अन्य विभिन्न देशका नागरिक पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

चिनियाँ अधिकारीहरूले बेपत्ता विदेशी नागरिकबारे सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई जानकारी गराइसकेका छन्। अधिकारीका अनुसार हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा छैनन्।

२०८३ भाद्र १४, आईतवार ०९:५८ प्रकाशित
ट्रेन्डिङ समाचार