काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित २ हजार ६९७ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार भदौ १४ गते बिहान ७ बजेसम्म हवाई र स्थलमार्गबाट उनीहरूको उद्धार गरिएको हो।
टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट २ हजार ४९७ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक छन्। त्यस्तै, २०० जनाको स्थलमार्गबाट उद्धार गरिएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ३०० भन्दा बढी सैनिक उद्धार तथा राहतमा खटिएका छन्। सेनाले जलविद्युत् आयोजनाका सुरुङका प्रवेशद्वार खोज्ने कामसमेत गरिरहेको जनाएको छ। ठूलो वर्षा र खोलाको सतह बढेपछि त्रिशूली हाइड्रोपावरको सुरुङ खोजी कार्य भने केही समयका लागि रोकिएको छ।
२०८३ भाद्र १४, आईतवार ०९:५५ प्रकाशित


