सिन्धुली । खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। आज बिहान ६ः५० बजे नदीको जलसतह ७.६९ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
खुर्कोटमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ। अविरल वर्षाका कारण जलसतह अझै बढ्न सक्ने भएकाले सिन्धुली र रामेछापका नदी तटीय तथा होचा क्षेत्रमा डुबान र कटानको जोखिम बढेको छ।
महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
२०८३ भाद्र १४, आईतवार ०९:०३ प्रकाशित


