त्रिशूलीमा बाढी बढेपछि काठमाडौं–मुग्लिन सडक ठप्प


काठमाडौं । त्रिशूली नदीमा बाढीको बहाव बढेपछि काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

भोटेकोशीबाट आएको बाढीका कारण त्रिशूलीमा पानीको सतह बढ्दा सडकको तलबाट कटान भएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताइन्।

बिहान केही समय अवरुद्ध भएको सडक खुले पनि पुनः बन्द भएको हो। सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

२०८३ भाद्र १४, आईतवार ०८:४८ प्रकाशित
ट्रेन्डिङ समाचार