रोशी गाउँपालिकाले विपद् उद्धार कोषमा १० लाख दिने


काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले जनप्रतिनिधिहरूको सात दिन बराबरको सेवासुविधा तथा सम्पूर्ण कर्मचारी र शिक्षकहरूको एक दिन बराबरको तलबबाट ९ लाख ७० हजार ७८२ रुपैयाँ र प्रकोप व्यवस्थापन कोषबाट २९ हजार २१८ रुपैयाँ गरी कुल १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

२०८३ भाद्र ११, बिहीबार २१:१६ प्रकाशित
ट्रेन्डिङ समाचार