ADVERTISEMENT

विधि र संसद्माथिको प्रहारविरुद्ध कांग्रेसले खबरदारी गर्छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले विधि, नागरिक अधिकार र संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले निरन्तर आवाज उठाउने बताएका छन् ।

बिहीबार धादिङबेसीमा आयोजित नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ को कार्यक्रममा बोल्दै पौडेलले कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले सरकारका गलत कामको विरोध गर्न पछि नहट्ने बताए ।

उनले सरकारसँग जोडिएका पासपोर्ट काण्ड, सुनकोशी–मरिण डाइभर्सनलगायतका भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । भ्रष्टाचारका अन्य घटनासमेत बाहिर ल्याउन कांग्रेसले पहल गर्ने उनको भनाइ थियो ।

महामन्त्री पौडेलले सरकारको गलत कार्यशैलीविरुद्ध खबरदारी गर्न कांग्रेसलाई थप संगठित, बलियो र सशक्त बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार