काठमाडौं । साताको कारोबारको बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८९ अंकले घटेर २६३६ अंकमा झरेको छ। अघिल्लो दिन ८.६६ अंकले बढेको बजारमा आज कारोबार रकमसमेत घटेको छ।
बुधबार ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ। आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज लगानी समूहबाहेक सबै समूहगत सूचक घटेका छन्। लगानी समूह ०.७२ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले घटेको छ।
कम्पनीतर्फ युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ। त्यस्तै, गार्डियन माइक्रोलाइफ ४ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट ३.९८ प्रतिशत र अपोलो हाइड्रोपावर ३.०२ प्रतिशतले बढेका छन्।
यता एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले घटेको छ। सर्वोत्तम पेन्ट्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य ३.४८ प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट र कुमारी बैंक अगाडि रहेका छन्।




प्रतिक्रिया