चितवन । तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा फेला परेको छ।
प्रहरीका अनुसार नदीमा सग्ला शवसँगै शरीरका विभिन्न अङ्गसमेत भेटिएका छन्। फेला परेका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
शवगृहमा ठाउँ अभाव भएपछि तनहुँमा भेटिएका नौ शव पुनः तनहुँ नै पठाइएको छ। चितवनमा तीनवटै सुरक्षा निकायले नदी किनारमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
थप शव भेटिएमा व्यवस्थापनका लागि औद्योगिक प्रतिष्ठानको कार्यालय प्रयोग गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर


