काठमाडौं । नेपालमा आएको भीषण बाढीमा पाँच जना जापानी नागरिक बेपत्ता भएको खबरपछि जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गहिरो चिन्ता व्यक्त गरेकी छन्।
एक्समार्फत सन्देश जारी गर्दै उनले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेकी छन्। नेपालस्थित जापानी दूतावासले बेपत्ता नागरिकको खोजी तथा उनीहरूसँग सम्पर्कको प्रयास गरिरहेको उनले जानकारी दिएकी छन्।
बेपत्ता नागरिकको अवस्थाबारे जानकारी हुने व्यक्तिलाई दूतावासमा सम्पर्क गरी सहयोग गर्न प्रधानमन्त्री ताकाइचीले आग्रह गरेकी छन्। साथै, उनले नेपालमा रहेका जापानी नागरिकसहित सबैको सुरक्षा र अमूल्य जीवनको रक्षाका लागि कामना गरेकी छन्।
सम्बन्धित खबर


