रास्वपाले विपद् राहत कोषमा एकमुस्ट रकम दिने


काठमाडौं । रास्वपाले रसुवागढी क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ। सभापति रवि लामिछानेले संसद्मा बोल्दै पार्टीको आकस्मिक बैठक बसेर राहतका लागि उपलब्ध गराउने रकमबारे निर्णय गरिने जानकारी दिएका हुन्।

उनले रास्वपाका सांसदहरूले व्यक्तिगत रूपमा नभई सामूहिक रूपमा सरकारलाई विपद्का बेला सहयोग गर्ने विषयमा निर्णय गर्ने बताए।

बुधबार बिहान रसुवागढी क्षेत्रमा आएको ठूलो बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन्। बाढीका कारण बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको विवरण आएको छ।

यसअघि रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा दुई महिनाको तलब–भत्ता जम्मा गर्ने घोषणा गरिसकेकी छन्।

२०८३ भाद्र १०, बुधबार १६:२५ प्रकाशित
ट्रेन्डिङ समाचार