ADVERTISEMENT

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। बाढीपछि गरिएको खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ जनाको शव फेला परेको हो।

बाढीले नदी आसपासका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी छ।

बाढीका कारण केही व्यक्ति अझै सम्पर्कविहीन रहेको आशंका गरिएको छ। जोखिमपूर्ण क्षेत्रमा समेत उद्धार टोलीले खोजीलाई निरन्तरता दिइरहेको छ। घटनाको विस्तृत क्षतिको विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार