काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले बिहीबार देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका साना नदीमा बिहीबार बहाव उल्लेख्य बढ्न सक्नेछ। गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेतमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
ठूला नदीको जलसतह भने हाल सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ। शुक्रबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली तथा शनिबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा जलसतह अकस्मात् बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
२०८३ भाद्र ४, बिहीबार ०९:४९ प्रकाशित


