सिराहाको गोलबजारबाट प्रतिबन्धित औषधि र ब्राउनसुगरसहित दुई पक्राउ


सिराहा । सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले प्रतिबन्धित औषधि र ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–८ का १८ वर्षीय शिव प्रसाद राय कुर्मी र गोलबजार नगरपालिका–६ का २३ वर्षीय जय कुमार नायक रहेका छन्।

प्रहरीका अनुसार गोलबजार–७ स्थित दुर्गा मन्दिर नजिक चेकजाँच गर्दा कुर्मीको साथबाट प्रतिबन्धित औषधिका १३ बोतल र एक थान मोबाइल बरामद भएको थियो।

त्यस्तै, गोलबजार–८ स्थित पुरानो चोहर्वाबाट नायकलाई चेकजाँच गर्दा प्लास्टिकसहित ६ ग्राम १४ मिलिग्राम र प्लास्टिकबाहेक ४ ग्राम ५७ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

२०८३ श्रावण २४, आईतवार १३:२५ प्रकाशित
ट्रेन्डिङ समाचार