केही पहाडी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम


काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका मुख्य नदीहरूको जलसतह सामान्य अवस्थामा रहे पनि केही पहाडी तथा हिमाली जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

शनिबार बिहान जारी बुलेटिनअनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, बबईलगायत मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ।

यद्यपि कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम तथा आगामी दुई दिनमा कर्णाली प्रदेशका केही साना नदीहरूमा वर्षाका कारण बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

२०८३ श्रावण ९, शनिबार १०:२१ प्रकाशित
ट्रेन्डिङ समाचार