स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई अस्पताल लगियो


धनगढी  ।  विभिन्न माग राख्दै २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको छ।

धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको शनिबार बिहान स्वास्थ्य परीक्षण गर्दा रक्तमा सुगरको मात्रा ५० र रक्तचाप ११०/९० देखिएको थियो। सुगरको मात्रा निकै कम भएपछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्न सुझाव दिएका थिए।

केसीका सहयोगीका अनुसार स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा मांसपेशी बाउडिने, बोल्न कठिन हुने र खुट्टाको समस्याका कारण हिँडडुल गर्नसमेत समस्या भएको थियो।

यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका थिए। सरकारसँग वार्ता गर्न सकिने संकेत दिए पनि केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने अडान राखेका छन्।

२०८३ श्रावण ९, शनिबार १२:०९ प्रकाशित
ट्रेन्डिङ समाचार