डा. केसीको स्वास्थ्य अवस्था थप कमजोर


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको २४औँ सत्याग्रह तेस्रो दिनमा पुग्दा स्वास्थ्य अवस्था थप कमजोर बनेको छ। चिकित्सकका अनुसार उनको ब्लड सुगर ५० एमजी/डीएलमा झरेको छ भने रक्तचापमा पनि उतारचढाव देखिएको छ। मांसपेशी बाउँडिने, बोल्न असहज हुने र शल्यक्रियापछि हिँडडुल गर्न कठिनाइ भइरहेको चिकित्सकहरूले बताएका छन्।

यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग टेलिफोन संवाद गरेका छन्। डा. केसीले आफ्ना प्रमुख माग सम्बोधन गर्ने ठोस तयारीसहित मात्र वार्तामा आउन सरकारलाई आग्रह गरेका छन्।

२०८३ श्रावण ९, शनिबार १०:१५ प्रकाशित
ट्रेन्डिङ समाचार