काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका विभिन्न स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने र बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।