१६औँ स्थापना दिवसमा सीआईबीको व्यावसायिक अनुसन्धान प्रणाली सुदृढ गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १६औँ स्थापना दिवस तथा वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा पूर्व प्रमुखहरूसँग अन्तरसंवाद, उपलब्धिको समीक्षा तथा भविष्यको अनुसन्धान रणनीतिबारे छलफल गरिएको थियो।
कार्यक्रममा अपराध अनुसन्धानमा सहयोग पुर्याउने विभिन्न सरकारी निकाय, साझेदार संस्था र अवकाशप्राप्त अनुसन्धान अधिकृतहरूलाई सम्मान गरिएको थियो। सीआईबीले व्यावसायिक अनुसन्धान प्रणालीको विकास, कानुनी शासन सुदृढीकरण र नागरिकको विश्वास अभिवृद्धिका लागि निरन्तर प्रतिबद्ध रहने जनाएको छ।