प्रधानमन्त्री र गभर्नरबीच बैंकिङ र सेयर बजारबारे छलफल


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (वालेन) शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग बैंकिङ, वित्तीय क्षेत्र र सेयर बजारका विषयमा छलफल गरेका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा निजी क्षेत्रबाट उठाइएका बैंकिङ नियामकीय व्यवस्था, कर्जा वर्गीकरण, नोक्सानी व्यवस्थापन तथा ऊर्जा क्षेत्रमा लगानीका लागि कर्जाको सीमा बढाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

निजी क्षेत्रसँग निरन्तर संवाद गरिरहेका प्रधानमन्त्रीले गभर्नर स्वदेश फर्किएलगत्तै उक्त छलफल गरेका हुन्।

२०८३ असार ३२, बिहीबार १९:५३ प्रकाशित
ट्रेन्डिङ समाचार