काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरू—कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा अन्य मुख्य नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको जनाएको छ।
यद्यपि पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका साना नदीहरूमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। साथै आगामी दुई दिन पनि सातै प्रदेशका केही साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित खबर


