प्रतिनिधिसभा बैठक आज, प्रतिवेदन र विधेयकमाथि छलफल हुने


काठमाडौँ  । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ। बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गरिनुका साथै नयाँ विधेयक र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) सम्बन्धी विषयमाथि छलफल हुने कार्यसूची रहेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सूचना आयोग र राष्ट्रिय समावेशी आयोगका वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन्। साथै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ILO सम्बन्धी दुई विषय सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

२०८३ असार ३१, बुधबार ०८:५६ प्रकाशित
ट्रेन्डिङ समाचार