सुकुम्बासीमाथि दमनको आरोप, माईतीघरमा प्रदर्शन


काठमाडौं ।  काठमाडौंको माईतीघर मण्डलामा आइतबार विभिन्न सुकुम्बासी अधिकारकर्मी तथा संघ–संगठनले सुकुम्बासीमाथि सरकारले दमन गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि प्रहरीद्वारा दमन भएको र सुरक्षित व्यवस्थापन नगरी जोखिममा राखिएको आरोप लगाए। उनीहरूले गैरन्यायिक पक्राउ रोक्न, सुकुम्बासीमाथिको अन्याय अन्त्य गर्न र उचित व्यवस्थापन गर्न सरकारसँग माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी समेत दिएका छन्।

२०८३ असार २८, आईतवार १५:१३ प्रकाशित
ट्रेन्डिङ समाचार