सुुकुम्बासीलाई राहत दिन पुगेका जेनजी अभियन्ता माथि प्रहरी ज्यादति, धरपकड गर्दा घाइते


काठमाडौं । किर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई राहत तथा मानवीय सहयोग पुर्‍याउन पुगेका जेनजी अभियन्तामाथि प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेको छ।

प्रहरीले जेनजी अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा, गुल्सनलगायतलाई नियन्त्रणमा लिएको हो। प्रत्यक्षदर्शीका अनुसार उनीहरू सुकुम्बासीको अवस्था बुझ्न, सान्त्वना दिन तथा राहत सामग्री उपलब्ध गराउन पुगेका थिए। सो क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो।

घटनाका क्रममा माजिद अन्सारीलगायत केही अभियन्ता सामान्य घाइते भएको जनाइएको छ। पक्राउको क्रममा प्रहरीले लछारपछार गरेको आरोप अभियन्ताहरूले लगाएका छन्।

घटनापछि होल्डिङ सेन्टर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। पक्राउ परेका अभियन्ताको अवस्था तथा उनीहरूलाई किन नियन्त्रणमा लिइयो भन्ने विषयमा प्रहरीको औपचारिक धारणा आउन बाँकी छ।

२०८३ असार २७, शनिबार १८:५० प्रकाशित
ट्रेन्डिङ समाचार